धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स उनीहरूविरुद्ध ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

धनकौल गाउँपालिकाका–६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको अभियोग सहित मुद्दा दायर गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं। ६ का वडा अध्यक्ष श्याम बाबु साहविरुद्ध आरोपपत्र दायर गरेको बताईएको छ।
तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाएर ७ लाख ७९ हजार २०५ रूपैयाँ भन्दा बढी रकम भुक्तानी लिई÷दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...