आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले जिल्ला सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भुकुमार साह रहेका छन् । उनलाई आज बिहान मलंगवा नगरपालिका–६,खुटौना नाका भएर भारतबाट बीआर ०६ सिटी २४२२ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ।
उनको साथबाट स्रोत खुल्न नसकेको ३२ लाख ३५ हजार ४४० नेपाली रुपियाँ र दुुई हजार १४० भारतीय रुपियाँ बरामद गरीएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
स्रोत नखुलेको ३२ लाख रकमसहित सर्लाहीबाट एक भारतीय युवक पक्राउ

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech