सप्तरीमा बस पल्टदा तीन जनाको मृत्यु,,२२ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा बस पल्टदा तीन जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्लाको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस आइतबार दिउँसो यात्रु बोकेको बस पल्टिएको हो ।
उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख. ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
बस पल्टदा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उनिहरूको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसमा सवार
घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी प्रमुख एवम् डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

३५ जना सवार रहेका बसका चालक झापा मेचीनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।