सर्लाहीमा आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सीमावर्ती क्षेत्र भारतसँग जोडिएको विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले उनको बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार साहेबले आज बिहान बुहारी रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटक भन्दा बढी फर्साले प्रहार गरेका थिए । बुहारी रेनुदेवीसँग खाना माग्ने क्रममा विवाद भएपछि एक्कासी फर्सा निकालेर प्रहार गरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले बताए ।

साहेबकी श्रीमती र छोराछोरी संग शनिबार झैँ–झगडा भएपछि श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएका थिए सोही क्रममा शनिबारदेखि नै भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा विवाद भएपछि बुहारीमाथि नै धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि सदरमुकाम मलङ्गवा पठाईएको प्रहरीले बताएको छ।
मृतक रेनुदेवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । रेनुदेवीका श्रीमान गजेन्द्र पासवान रोजगारीकालागि भारतमा रहेका छन् ।