सप्तरीमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु आर्काे एक जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा बिहीबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने आर्काे एक जना घाइते भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हिनियाँमा स. १ त. ५०८३ नम्बरको ट्याक्टर पल्टिदा सोही वडा निवासी जितेन्द्र यादवको मृत्यु भएको हो ।

टाउको र ढाडमा चोट लागेर गम्भीर घाइते भएका २१ वर्षीय यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटो लोड गरेर रामपुरामल्हनिया आउँदै गरेको ट्याक्टर माटो खनेकै खाल्डोमा परि पल्टिदा जितेन्द्र गम्भीर घाइते भएका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नयाब उपरीक्षक जितिन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घटनामा स्थानका २० वर्षीय दिपेश यादव घाइते भएका छन । उनको उपचार सोही अस्पतालमा भइरहेको छ भने अवस्था समान्य रहेको प्रहरीले बताएको छ।