आज्ञा खबर
बर्दिवास
बिगत केही दिनयता गर्मी बढेसंगै महोत्तरीको बर्दिवास लगायत मधेशका जिल्लाहरुमा तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।
अत्यधिक गर्मी खेपिरहेका यहाँका सर्वसाधारण बिशेशत तातो हावा समेत चल्न थालेपछी मारमा परेका हुन् । गर्मीका कारण महोत्तरीको बर्दिवास लगायत मधेशका किसान, मजदुर तथा आम सर्वसाधारण आजित बनेका छन् । एक साताअघि पानी परेको मधेश प्रदेका केही भागमा अहिले चर्को घाम लागेर जमिन तातेसँगै अत्यधिक गर्मी हुन थालेको हो ।
गर्मीसँगै यस भेगमा तातो हावा चल्दा दैनिक कामकाज र अत्यावश्यक काम परेर बाहिर निस्कनुुपर्नेहरुलाई अप्ठेरो महसुस भईरहेको छ् । चर्को घाम र तातो हावासँगै धुलो, धुँवाको प्रदुुषण पुनः बढ्न थालेको छ । कच्ची र पक्की दुवै सडकमा धुलो उडेर यात्रा गर्न समस्या रहेको सवारी साधनका यात्रु तथा चालकले गुनासो गरेका छन् ।
निर्माण सामग्री बोकेका टिपर कुदेर जताततै धुलोको समस्या रहेको छ । सुक्खापन बढेर तीव्र गतिमा हावाहुरी चल्दा आगलागी र डढेलोको जोखिम समेत बढेको छ ।
यसै क्रममा महोत्तरीको बर्दिवास स्थित एकमात्र सरकारी नगर अस्पताल बर्दिवास अस्पतालका चिकित्सकले अहिले अत्यधिक गर्मी र तातो हावाका कारण टाउको दुख्ने, शरीर कमजोर भएको महशुस हुने, आँखा पोल्ने, एलर्जी हुने, पखाला लाग्नेजस्ता स्वास्थ्य समस्या बढ्ने गरेकाले चर्को घाम लागेको र तातो हावा चलेको समयमा घरभित्रै बस्न, प्रशस्त पानी पिउन र स्वस्थकर खानेकुरा मात्रै खान सुुझाव दिएका छन ।
चर्को गर्मीकै समयमा बर्दिवास क्षेत्रमा विद्युत् अनियमित हुँदा बर्दिवासवासी थप मारमा परेका छन् । अहिले तापक्रम बढ्दै गएर राति समेत घर तातेर सुत्न नसक्ने र लामखुुट्टे धेरै लाग्दा हैरान हुँदा समेत झ्याप,झयाप बिद्युत सेवा अबरुद्ध हुँदा सर्वसाधारणले थप सास्तिी खेप्नुपरेको छ ।