आज्ञा खबर
धनुषा
धनुषामा बसको ठक्करबाट बुधवार बेलुका एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्ग अन्तरगत सोही ठाउँकी ७४ वर्षीया दुर्गादेवी महतोलाई बसले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ५ ख. ६१०० नम्बरको बसले वृद्धा महतोलाई ठक्कर दिदा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।





































