धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको भन्दै नेपाल शिक्षक महासंघको ध्यानाकर्षण

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको भन्दै नेपाल शिक्षक महासंघले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले कक्षा–१२ को परीक्षा केन्द्र परेको स्कुलका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको भन्दै यसमा ध्यानाकर्षण भएको जनाएको हो।
महासंघले आज (मंगलवार) विज्ञप्ति जारी गर्दै उक्त परीक्षामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ।

‘२०८२ वैशाख ११ गते शुरू हुने भनिएको कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ, विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक÷कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यसै क्रममा महासंघले सबै केन्द्राध्यक्षहरूलाई काठमाडौँको सडक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछी शिक्षकहरू सरकारप्रति झनै रूष्ट बनेका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...