आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले प्रदेश भित्रका ३२ वटा सामुदायिक बिद्यालयलाई नमुना बिद्यालय बनाउने भएको छ ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ३२ वटा निर्वाचन क्षेत्रमा एक÷एक नमूना विद्यालय बनाउने सहितका चार वटा निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने गरी ३२ वटा नमूना विद्यालय बनाउने, मधेश प्रदेशको मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्तसहितको चार वटा निर्णय गरेको गृह तथा सञ्चार मन्त्री एवं मधेश सरकारका प्रवक्त राजकुमार लेखीले जानकारी दिए । लेखीले मिडिया काउन्सिलमा बाराका कमल उपाध्याय र प्राधकरणमा सप्तरीका जितेन्द्र खड्कालाई नियुक्त गरिएको जनाएका छन ।
यसअघि प्राधिकरणमा रहेका श्याम सुन्दर यादव र काउन्सिलमा निमित प्रमुख रहेका कैलाश दासको पदावधि सकिएको थियो । केही महिनादेखि यी दुबै निकाय अध्यक्ष विहीन थिए ।
मुख्यमन्त्री कार्यालयमा सचिव उद्धव रिजाललाई र गृह तथा सञ्चार मन्त्रालयमा विमल बराललाई ल्याउने निर्णय भएको मन्त्री लेखीले बताए ।





































