समाजवादी महिला संघको केन्द्रीय महाधिवेशन जनकपुरमा हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । शुक्रबार बसेको सङ्गठनको केन्द्रीय समिति बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।

संगठनले स्थानीय तह, जिल्ला समितिहरूका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरूमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...