आज्ञा खबर
बीरगंज
नयाँ वर्षको अवसरमा पर्सास्थित वीरगञ्जमा शुक्रबारदेखि ‘रात्रि बजार’ लगाइएको छ । सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँने बीरगंज उद्योग बाणिज्य संघले जनाएको छ ।
विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार लागाईएको बताईएको छ ।
बजार अबेरसम्म सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिईएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।
उनले“रात्रिबजारमा वीरगञ्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि अनुरोध समेत गरेका छन।
यसअघि पनि महानगरले रात्रिबजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिनेछ । त्यसको साथसाथै स्थानीय कलाकारको बेजोड साङ्गितिक प्रस्तुतसमेत रहने आयोजकले जनाएको छ ।
महानगरले रात्रिबजार सञ्चालनका लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेको जनाएको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रिबजार लगाएको हो।