मधेश प्रदेशका स्वास्थ्यकर्मी आन्दोलनमा

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका एक हजार आठ सयभन्दा धेरै चौथो र पाँचौं तहका सिअहेब तथा सिअनमी स्वास्थ्यकर्मीले आन्दोलनमा गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेर स्वास्थ्यकर्मीहरुले धर्नासहितको आन्दोलन गरीरहेका हँुन।उनीहरु चैत २५ गतेदेखि धर्नामा

धर्नामा सहभागी भएको संयोजक मोहन साहले बताए ।
उनले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताए ।
हाल ल्याईएको ऐनका कारण आफूहरू बढुवाबाट वञ्चित भएका छन ।ऐनमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ भन्ने बुँदालाई आधार मानेर मधेश लोक सेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरू गरेका कर्मचारीहरू अन्योलनमा परेका छन् ।