आज्ञा खबर
रौतहट
जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको छ ।जिल्ला कार्यसमितिको लागि भएको निर्वाचनमा राजीव रञ्जन को प्यानल बिजयी भएको हो
रञ्जन ६६ मतको अन्तरले विजयी भएका हुन्। रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याए। त्यसैगरी उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारी (१९८) , र अमरुल हक (१८५) मत ल्याउदै विजयी भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी अमृतलाल चौधरीले १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए। सचिवमा शम्भु प्रसाद यादव १९१ मत सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जयराम महतोले कुल १२४ मत प्राप्त गरेका थिए।
त्यस्तै सहसचिवमा उपेन्द्र राय १८६ ,दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी प्रवेज आलमले १२४ वसन्त झाले ११३ मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा बृज मोहन साहले १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४१ मत प्राप्त गरेका थिए। त्यसतै सदस्य पदका लागि ४२ जना निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यीय जिल्ला कमिटी गठन भएको बताइएको छ। जसपा रौतहटको अधिवेशनमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यता रहेको थियो सोही क्रममा उनले जिल्ला अधिबेशनको उद्घाटन गरेका थिए। जिल्ला कमिटीको लागि सर्वसम्मति नभएपछि निर्वाचन प्रक्रियाबाट कमिटी सदस्यका चयन गरीएको हो।