बर्दिवासमा घटना ब्यवस्थापन प्रक्रिया सम्बन्धि तालिम सम्पन्न

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । सामुदायिक बिकास तथा पैरबी मञ्च नेपाल बर्दिवासको आयोजना,सेभ,द चिल्ड्रेनको आर्थिक सहयोग,बर्दिवास र गौशला नगरपालिकाको समन्वयमा स्थानिय बाल अधिकार समितिका पदाधिकारी र मनोसामाजिक कार्यकर्ताहरुलाई घटना ब्ष्वस्थापन प्रक्रिया सम्बन्धि तालिम दिईएको आयोजक संस्था सामुदायिक बिकास तथा पैरबी मञ्चले जनाएको छ ।

बिषेश संरक्षणको आवश्यकता भएका,जोखिममा परेका,कसुरबाट पिडित भएका,बाल अधिकारको उलंघनमा परेका बालबालिकाको तत्काल संरक्षण तथा आवश्यक सम्बोधनगर्दै उनिहरुको ब्यवस्थापनमा सहजिकरण गर्न आवश्यक ज्ञान,सिप र जानकारी प्रदान गर्ने उदेश्यलाई प्राथमिकता दिईदै तालिम सञ्चालन गरिएको हो । तालिममा नेपाल राष्ट्रिय बाल अधिकार परिषद पुलचोक ललितपुरका समन्वय अधिकृत संजिब महतो र सेभ द,चिल्ड्रेन क्षेत्रीय कार्यालय बर्दिवासकी प्राबिधिक ब्यवस्थापक रचना थापाले सहजिकरण गरेका थिए ।

तालिममा घटना ब्यवस्थापनको कार्यमा बालबालिकाको सर्बाेतम हित निर्धारणगर्न सम्लग्न ब्यक्ति तथा निकायहरु माझ समबुझाई कायम गर्न जोड दिईएको छ। सामुदायिक बिकास तथा पैरबी मञ्च नेपालका उपाध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षता तथा बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेबी महतोको प्रमुख आतिथ्यतामा समापन भएको तालिममा ४ जना बालबालिका ९ जना पुरुष, २३ जना महिला सहित ३६ जनाको सहभागिता रहेको थियो ।