आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशसाको बैठक अब सञ्चालन हुने भएको छ । १२ दिनदेखि अवरुद्ध मधेस प्रदेश सभाको बैठक सञ्चालनमा देखिएको बिवाद शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै विवाद सुल्झिएको हो । चैत १० गतेदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।
सोही गतिरोध अन्त्यकालागी सम्बोधनसहित तीन बुँदे सहमति भएपछि बैठक सुचारु हुँने भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
उनका अनुसार बैठकमा संसदीय छानबिन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।
यसैगरी चैत २६ गते सदन सुरु गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गराईने सहमति भएको उनले जानकारी दिए । अनधिकृतरुपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।





































