जंगली भालुको आक्रमणबाट बर्दिवासका एक जना गम्भिर घाइते

आज्ञा खबर
बर्दिवास
जंगली भालुको आक्रमणबाट बर्दिवासका एक जना गम्भिर घाइते भएका छन्। घाईते हुनेमा बर्दिवास नगरपालिका–३ पाटुका ५१ वर्षिय जिस्नु प्रसाद दुलाल रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
दुलाल शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित आफ्नै खेतमा काम गरीरहेका थिए । कामगरीरहेकै समयमा नजिकैको जंगलबाट निस्किएको भालुले एक्कासी आक्रमणगर्दा उनि गम्भिर घाईते भएका हुँन ।आक्रमणले दुलालको आँखा र अनुहारमा गहिरो चोट लागेको छ ।

गम्भिर घाइते भएका दुलाललाई बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचारकालागी ल्याइए पनि त्याहा उपचार सम्भव नभएपछि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...