आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमतीबाट प्रहरीले साढे १६ किलो लागुऔषध गाँजासहित एक वृद्धलार्इ बिहिवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१२, बथाने टोल बस्ने ७६ वर्षीय मानबहादुर बल रहेका छन् । घरमा लागुऔषध गाँजा लुकाइछिपाइ राखेर बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा उनलाई इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट
खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बलको घर खानतलासी गर्दा लुकाएर राखिएको १६ किलो ५०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र पक्राउ परेका बललाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।





































