मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालय छापामारेर दुबै स्थानबाट विभिन्न योजनासम्बन्धी महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ ।

आयोगले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिइएको जनाएको छ ।

टोलीले दुई वटै योजनाका विभिन्न फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबाबु कुरुम्वाङ्गले बताए ।

तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा आयोगले छानबिन गर्दै फाइलहरू नियन्त्रणमा लिएको बताईएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा मधेश प्रदेश सरकारको निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम जस्ता सफ्टवेयर खरिद गरिएको थियो ।

ती सफ्टवेयरहरू एक करोडभन्दा बढी रकममा खरिद गरिए तापनि अहिलेसम्म तिनीहरूको प्रयोगमा ल्याइएन । एक कर्मचारीका अनुसार ती सफ्टवेयरहरू स्टोरमा समेत दाखिला नगरी राखिएका छन् ।

अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेश मुख्यमन्त्री कार्यालयसँग नियमित सम्पर्क गर्दै फाइलहरूको खोजी गर्दै आएको थियो । आयोगका एक अधिकारीका अनुसार यी फाइलहरूको छानबिन पूरा भएपछि भ्रष्टाचारको संकेत भेटिएमा थप कारबाही गरिनेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...