इन्दुशंकरबाट किसानले पाए भुक्तानी

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन स्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएर सकेको दावी गरेको छ । गत फागुन २९ गते बन्द भएको उद्योगले चालु क्रसिङ सिजन २०८१÷८२ को उखु क्रसिङ सकेर बन्द भएको तीन हप्ताभित्रै उद्योगले किसानलाई सम्पूर्ण भुक्तानी दिई सकेको जनाएको छ । यो वर्ष ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

किसानलाई यो बर्ष मिलले एक अर्ब ७६ करोड रुपियाँ भुक्तानी दिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...