बर्दिवासमा फोटोन माउन्टेन ईभीको शोरुम सञ्चालन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
फोटोन मोटरले महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक शोरुम सञ्चालनमा ल्याउदै बिक्री सुरु गरेको छ । यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूका लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा कम्पनीले गरेको छ ।त्यसकासाथै गाडीलाई शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरिएको कम्पनीको दाबी छ ।

सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको बताइएको छ । नेपालले विद्युतीय सवारीसाधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ । लन्च कार्यक्रममा फोटोन मोटरका सीईओ तुषार गुप्ताले भने, ’नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएको यो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुसन स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।’
नेपालका लागि फोटोन ब्रान्डका गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि प्रालि हो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...