आज्ञा खबर
बर्दिवास
महोत्तरीको जलेश्वर नगरपालिका ३ सुगामा आफन्तबाटै बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
बलतकृत भएर सिकिस्त अवस्थामा भेटिएकी उनलाई स्वास्थ्य परीक्षण र उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
आइतबार दिउँसो २ बजे पीडित बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको थियोे । तर बालिकाको स्वास्थ्य अवस्था गम्भिर बन्दैगएपछी सोमबार उनलाई अस्पताल भर्ना गराइएको छ । बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनले पीडित परिवारबाट पीडकविरूद्ध उजुरी लिने र अनुसन्धान अघि बढाउने प्रकृया थालिएको बताए ।





































