बर्दिवासमा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाको स्वास्थ्य शाखाले नगर भित्र बसोवासगर्ने हरेक नागरिकलाई स्वास्थ्य सम्बन्धि चेतना प्रदान गर्ने उद्देश्यले नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। पछिल्लो समय बिश्वमै नसर्ने रोगहरूको प्रकोप बढिरहेकाले यस्ता रोगको न्यूनीकरणका लागि स्वास्थ्य शाखाले यहाँका समुदाय स्तरसम्म जनचेतनाको आवश्यकता रहेको जनाएको छ।

हाल बिश्वमै नसर्ने रोगहरूको प्रकोप बढिरहेको अवस्थामा शाखाले नगरपालिका भित्रको प्रत्येक वडामा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमगर्ने लक्ष्य लिएर अघिबढेको नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक रामबाबु यादबले जानकारी दिए ।
उनका अनुसार हाल नगरपालिकाको बडानम्बर १,५,४,३,१३ र १४ मा अभिमुखीकरण सम्पन्न भईसकेको छ । अभिमुखीकरण सञ्चालन गर्न बाँकी रहेका वडाहरुमा समेत क्रमबद्ध किसिमले चैत महिनाभित्रै कार्यक्रम सञ्चालन गरीसक्ने योजना रहेको यादबको भनाई छ। यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर १ मा शुक्रवार गरीएको अभिमुखीकरण कार्यक्रममा विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणका कारण मानवजीवन तथा स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको जानकारी दिईएको छ ।

हाल मानब शरीरमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र क्यान्सर (स्तन र पाठेघर) गरी मुख्य चार प्रकारका रोगलाई नसर्ने रोगको रूपमा लिने गरिएको बताईएको हो ।
अहिलेको अवस्थामा व्यक्ति स्वयंले संयमता नअपनाउँदा यी रोग लाग्ने गरेको पाइएको छ। धूम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप र मध्यपानको प्रयोगले त्यसता रोगले सताइरहेको कार्यक्रममा जानकारी दिदै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन उनिहरुलाई बारम्बार झक्झकाइरहनुपर्ने यादबले बताए ।

‘मानव स्वास्थ्यलाई हानि गर्ने जोखिमपूर्ण व्यवहारले बढी तौल र मोटोपना हुने, उच्च रक्तचाप बढ्ने, रगतमा ग्लुकोज तथा कोलेस्ट्रोलको मात्रा बढ्ने हुन्छ। यसले दैनिकीलाई असहज बनाइरहेको हुन्छ,रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ। सरुवा रोग थोरै खर्चमा निको हुन्छ तर नसर्ने रोग जीवन्त रहन्छ र आर्थिक भार धेरै हुन्छ। आफूलाई जति नै स्वस्थ सम्झिए पनि वर्षमा एक पटक रक्तचाप, ग्लुकोज र कोलेस्टोरल जाँच गराउनैपर्ने नगरपालिकाको स्वास्थ्य शाखाकी स्टाफ नर्स प्रजिता कडरीले बताईन ।
नसर्ने रोगको न्यूनीकरणकालागी समुदाय स्तरसम्म जनचेतनाको आवश्यकता रहेकोले अभिमुखीकरणका सहभागीहरुले आफ्नो गाउँ,टोल र समुदायमा समेत आफुले जानेकाकुरा सिकाउनु पर्ने कुरामा जोड दिईएको छ । खानपान, शारीरिक व्यायाम जस्ता व्यवहामा परिवर्तन ल्याउन सके नसर्ने रोगको महामारीलाई न्यूनीकरण गर्न सकिने कार्यक्रमको उदेश्य रहेको छ ।