निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुलाई बन्ध्याकरण,रेबिज रोगविरुद्धको खोप तथा जुकामार्ने औषधि सम्बन्धि तीनदिने खोप कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले द,जेड गुडअल ईन्स्टिच्युट नेपाल झम्सिखेल ३ ललितपुरको प्राबिधिक सहयोगमा यहि चैत्र ५,६ र ७ गते तीनदिनसम्म खोप सञ्चालन गरेको जनाएको छ ।
खोप सञ्चालन कार्यक्रम अन्तरर्गत बर्दिवासका मुख्य बजारभित्र रहेका भाले,पोथी दुबै जातको २ सय १ सानाठूला सामुदायिक कुकुरलाई बन्ध्याकरण रेबिज तथा जुकाको खोप दिईएको बर्दिवास नगरपालिका पशु शाखाले जनाएको छ ।
खोप लगाएपछी कुकुरलाई समातिएकै स्थानमा छाडिएको हो।
नगरभित्र जथाभावी छाडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस भनेर द,जेड गुडअल ईन्स्टिच्युट नेपालका तालिम प्राप्त पशुविज्ञ प्राबिधिक डाक्टर बिकास श्रेष्ठको टोलीले त्यसता कुकुहरुको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप र जुकामार्ने औषधिको खोप लगाएको बताएका छन।
नगरपालिकाको पशुबिकास शाखाका कर्मचारीको सहयोगमा छाडा कुकुरलाई खोप लगाउन यहि चैत्र ५गते समातिएको थियो । बर्दिवास नगरपालिकालाई रेबिज रोगमुक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सुरु भएर लगाईएको खोप कार्यक्रमले कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रूपमा बढ्नबाट रोक्न खोप सञ्चालन गरेको नगरपालिकाको पशु बिकास शाखाले जनाएको छ । यसैगरी कुकुरलाई बन्ध्याकरण गरीने कामको थालनीगर्नु ‘सकारात्मक पहल हो। यो अभियान नगरका सबै वडाका टोल तथा नयाँ बस्तीमा समेत सञ्चालन गर्नुपर्ने बर्दिवास नगरपालिका २ का स्थानिय अमर धमलाको भनाई रहेको छ ।
पछिल्लो समयमा नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आएकाले नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशुस्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएकोमा स्थानिय गोपि पोखरेलले नगरपालिकालाई धन्यवाद दिए ।
उनले रेबिज रोगबारे सर्वसाधारणमा जनचेतना फैलाउने गरी नगरपालिकाले कार्यक्रम सञ्चान गर्नुपर्ने माग गरे ।
नगरभित्रका कुकुरलाई निरोगी बनाउने तथा उनिहरुको संख्यालाई व्यवस्थित गर्ने कार्यमा बर्दिवास नगरपालिकाले अगुवाइ गरेकोमा खुसी व्यक्त गर्दै बर्दिवानगरपालिका १४ का स्थानिय सन्दीप कार्कीले नगरपालिकाले सामुदायिक कुकुर र घरपालुवा कुकुर दुबैथरीलाई नगरपालिकाकै अगुवाइमा समय–समयमा स्वास्थ्य परीक्षण गराउन तथा कुकुरबाट सर्न सक्ने विभिन्न रोगबाट बच्ने उपायबारे अभिमुखीकरण गराउन सके थप प्रभावकारी हुने बिचार ब्यक्त गरे ।
कुकुर रहरले मात्र पाल्ने नभई कुकुरको पोषण, खोप,व्यायाम, तालिम आदिका बारेमा पनि सचेत हुनुपर्ने पशुचिकित्सक डा. बिकास श्रेष्ठको भनाइ थियो । उनका अनुसार पर्याप्त ज्ञानको अभावले कुकुर पाल्दा अनावश्यक आर्थिक बोझ हुने भएकाले कुकुरलाई गहुँ, जौ र मकैका परिकार खुवाउन उनले सल्लाह दिए । हाल बर्दिवास नगरपालिकाभित्र १ हजार ५ सय भन्दाबढी सामुदायिक कुकुरहरु रहेको पशु बिकास शाखाका अधिकृत बिमलकान्त यादबले जानकारी दिए ।