मनोज थापा
बर्दिवास
महोत्तरी जिल्लाको सुदु्रउत्तरवर्ती क्षेत्रमा रहेको साझेदारी बन जोगाउन र बनमा लाग्ने डढेलो नियन्त्रणगर्न बर्दिवास नगरपालिका बडा नम्बर ४ र ५ स्थित गडन्ता बर्दिवास साझेदारी वन उपभोक्ता समूहले बिहिवार वन संरक्षण तथा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ। साझेदारी बन उपभोत्ता समुह मधेश प्रदेशका महासचिब रबिकान्त झाको प्रमुख आतिथ्यता तथा गडन्ता बर्दिवास साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रामछबिला यादबको अध्यक्षतामा भएको कार्यक्रममा साझेदारी बनका सदस्य बन उपभोक्ता र आम जनसमुदायको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा, समूहका प्रमुख अतिथि रबिकान्त झा ले वन डढेलो नियन्त्रणको विषयमा सम्बोधनगर्दै भने,“वन डढेलोले वर्षेनी ठूलो क्षति पुर्याउने गर्दछ। यसले केवल वनस्पति र वन्यजन्तुहरूको नष्ट मात्रै गर्दैन, माटोको गुणस्तर, जलवायु प्रणाली र स्थानीय समुदायको जीवनस्तरमा समेत गम्भीर असर पुर्याउँछ।“ उनले यस समस्याको समाधानका लागि समुदायको सक्रिय जिम्मेवारीको आवश्यकता औल्याए ।
डढेलो नियन्त्रणका उपायहरूमा ध्यान दिने कुरालाई जोड दिदै झा ले समुदायमा वन डढेलोका कारणहरू र यसको दीर्घकालीन प्रभाव र समाधानको बारेमा चर्चा गरे ।
बन मासिने कारण र यस्को रोकथामका लागि स्थानीय तहमा जनचेतना फैलाउनु पर्ने आवश्यकतामा समेत उनले जोड दिए ।
स्थानीय समुदायलाई वन संरक्षण र डढेलो नियन्त्रणको बिषयमा महत्वपूर्ण अवगत गराई त्यसको कार्यन्वयनकालागी सबै एकजुट भएर काम गर्न प्रेरित गर्नु पर्ने आजको अवश्यकता रहेको महासचिब झा ले प्रकाश पारे । समुदायलाई सशक्तिकरण गर्न र वन संरक्षणमा सक्रिय सहभागी गराउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको समेत उनको भनाई रहेको छ।
कार्यक्रममा बन जोगाउने बिभिन्न जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो ।
त्यसका साथै वृक्षारोपण वन क्षेत्रको पुनर्निर्माण र डढेलोको प्रभावलाई कम गर्न मद्दत पुर्याउन सहभागीलाई सचेत गराईएको बन उपभोक्ता समुहका उपाध्यक्ष बिन्देश्वर शाहले जानकारी दिए ।