आज्ञा खबर
बर्दिवास
(एसईई) चैत ७ बाट देशभर सुरू हुँदैछ । एसइई परीक्षा मधेस प्रदेशमा भने विवादित बन्ने देखिन्छ ।
मधेसका मुख्यमन्त्री सतिश सिंहले मंगलबार पत्रकार सम्मेलन गरी एसईई परीक्षा प्रक्रियालाई ‘वहिष्कार’ गर्ने घोषणा गरिसकेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण तयारी पूरा गरिसक्दा उनको यस्तो घोषणापछि के अब परीक्षा सञ्चालनमा असर पर्छ ? भन्ने जिज्ञासा धेरैको छ । तर, परीक्षा प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको घोषणाले असर नपर्ने उनीहरूको दाबी छ ।
मधेश प्रदेशका आठ जिल्लामा ३१२ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ कार्यालय सहयोगी खटाइनेछ । यस प्रदेशबाट ८८ हजार ८५८ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । सबभन्दा बढी धनुषाबाट १३ हजार ६५४ र सबभन्दा कम सप्तरीबाट ८ हजार ७१५ परीक्षार्थी एसइईमा सहभागी हुने शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।