आज्ञा खबर
बारा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताएका छन ।
चितवन हुँदै सिमरा पुगेका उनले यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन
बाराको सिमरामा बुधबार साँझ आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुँन ।
अध्यक्ष प्रचण्डले भने, निजगढ अन्तराष्ट्रिय बिमान स्थलको कुरामत्रै गरेर हुँदै यस्को निर्माण प्रक्रिया कहासम्म पुग्यो तपाईहरुले बुझ्न जरुरी छ।‘उनले शान्ति सम्झौता वर्तमान संविधानको एउटा अंग हो भन्दै संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो।’
प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे। हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो।