५सय७४ किलोग्राम गाँजा सहित मिनि ट्रक र त्यसको चालक बर्दिवासबाट पक्राउ

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
लागु औषध अनुसन्धान ब्युरो शाखा कार्यालय बर्दिवासको प्रहरीे गस्ति टोलीले आईतवार साँझ ५ सय ७४ किलोग्राम गाँजा सहित मिनि ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले बर्दिवास ३ गौरीडाँडा स्थित ट्राफिक प्रहरी चेक पोष्ट नजिकैबाट गाँजा बोकेको उक्त मिनी ट्रक र त्यसको चालकलाई नियन्त्रणमा लिएको हो ।
सिन्धुलीबाट बर्दिबास तर्फ आउदै गरेको बा.३ ख. ५८३२ न.को निलो रंगको मिनिट्रकलाई रोकेर चेकजांच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रीपालले छोपेर राखेको रातो रंगको प्लाष्टिकले प्याकिङ्ग गरी पहेलो र हरियो रंगको प्लाष्टिकको डोरीले बाधेर लुकाई ल्याउदै गरेको ३५ पोका गाँजा बरामद गरीएको बताईएको छ ।
उक्त मिनीट्रक सहित त्यसका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमांडौ महानगर पालिका ६ टोखा ग्रिनल्याण्ड स्थित डेरा गरी बस्ने पदमसिंह मगरको छोरा बर्ष अ.३७ को सलिन मगर लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको लागु औषध अनुसन्धान ब्युरो शाखा कार्यालय बर्दिवासले जनाएको छ ।