धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको सबैला नगरपालिकामा दुई पक्षीय झडप हुँदा दुई राउन्ड अश्रुग्यास प्रहार गरीएको छ ।
सबैला नगरपालिकास्थित भठिहनमा एक पक्षले ‘यादव चोक’ र आर्काे पक्षले यादब ‘चोक’ नामकरणसहित बोर्ड राख्न नदिने विषयलाई लिएर
विवाद भएको धनुषा प्रहरीले जनाएको छ । सो विवादले उग्ररुप लिएपछी दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्ज पनि गरेको थियो । अहिले अवस्था सामान्य भएको प्रहरीको दाबी छ ।