ब्यक्ति सम्बृद्ध र आत्मनिर्भर बन्न सकेमात्रै समाज सम्बृद्ध हुँन सक्छ : केन्द्रिय अध्यक्ष बलम्पाकी

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपालीहरुको महान चाँड होली पर्वको अवसरमा स्वाधिन समृद्ध समाज नेपाल बर्दिवास नगर समितिले बिहिवार महोत्तरीको बर्दिवासमा होली मिलन कार्यक्रम गरेको छ ।
आत्मनिर्भरता समृद्धिको पहिलो पाईला भन्ने मुल नारा बोकेको स्वाधिन समृद्ध समाज नेपाल बिगत केही बर्ष देखी बर्दिवासको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको हो ।
कार्यक्रमलाई सम्बोधनगर्दै समाजका केन्द्रिय अध्यक्ष टेक बहादुर बलम्पाकीले ब्यक्ति सम्बृद्ध र आत्मनिर्भर बन्न सकेमात्रै समाज सम्बृद्ध हुँन सक्ने बताए ।
उनले मानिस सम्बृद्ध बन्न मानसिक,शारिरीक,आर्थिक,शैक्षिक र समाजिक रुपमै सबल हुनुपर्ने जनाए । उनले भने,हरेक किसिमले सबल भएको ब्यक्तिले मात्रै सम्बृद्धिको परीकल्पना गर्न सक्छ, भन्ने यो संस्थाले उदेश्य बोकेको छ । देशमा राजनितिक परीवर्तन भएपनि आर्थिक,सामाजिक सास्कृतिक रुपान्तरण हुन सकेको छैन।

त्यसैले बिभिन्न सिप,क्षमता र दक्षता भएका समाजभित्र रहेका मानिसहरुलाई एकताबद्ध गरेर राज्यलाई झकझक्याउने काम गर्दै तिनै तहको सरकारलाई सुझाब दिएर बिभिन्न बिकाशका योजनामा सरिक गराउदै सुजनात्मक कार्यमा जुट्नुपर्ने आजको आवश्यकता हो ।
उनले जात,धर्म बर्ग,राजनितिक पार्टी,भाषा र संस्कृती भन्दा माथि उठेर सामाजिक परिवर्तनमा एकताबद्ध भएर सबैजना लाग्नु आजको समयको मुख्य माग रहेकोले त्यसतर्फ सबै अग्रसर हुनुपर्नेमा जोड दिए । बलम्पाकीले हाल संस्थाले कृषि क्रान्तिलाई पहिलो प्रथमिकतामा राखेर सानो संरचना तयार गरेकाले त्यस अन्र्तगत काम गरीरहेको उल्लेख गरे ।

आर्थिक रुपमा सबल बन्ने अर्काे माध्यम ब्यवसाय पनि भएकाले कुन क्षेत्रबाट सामुहिक ब्यवसाय शुरु गरेर आर्थिक उपार्जनगर्दै समाजलाई सम्बृद्ध बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल चलिरहेको उनको भनाई रहेको छ ।
समाजमा बिद्यमान रहेको अशिक्षा,गरिबी, रुडिवादी परम्परा र चेतनाको कमिका कारण देखिरहेको समस्यालाई समाधानगर्न नागरिकलाई त्यसतर्फ सचेत गराउदै सामाजिक रुपान्तरणमा अग्रसर बन्न सक्ने लक्ष्यलाई क्रमबद्ध रुपमै कायनर््वयनको दिशामा अघि बढाईने अध्यक्ष बलम्पाकीले ठोकुवा गरे ।

होलीमिलन कार्यक्रममा मधेशको कला र संस्कृती झल्काउने किसिमका सांस्कृतिक कार्यक्रम गरीनुका साथै रंग र अबिर खेलेर एक आपसमा शुभकामना आदान प्रदान गरीएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक,दल संघ संस्थाका प्रतिनिधि,नागरिक समाज लगायतको सहभागिता रहेको संस्थाले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...