होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न नगरबासीलाई प्रेरित गर्न सकोस प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले हिन्दु समुदायमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नगरबसीमा शुभकामना व्यक्त गरेका छन् ।

होली पर्बको अवसरमा उनले आफ्नो स्वकिय सचिब बिनोद ढुंगेल मार्फत शुभकामना सन्देश जारीगर्दे होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्।
अन्यायमाथि न्यायको विजयलाई शाश्वत सन्देश दिने यो पर्र्व नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको क्षेत्रीले बताएका छन् ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आएको होली पर्वले नगरवासी सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न नगरबासीलाई प्रेरित गर्न सकोस भन्दै नगर प्रमुख क्षेत्रीले सम्पुर्ण नगरबासीमा शुभकामना व्यक्त गरेका हुन् ।