क्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्रउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवरहेका छन । विशेष सूचनाको आधारमा सर्लाही बाट खटिएको प्रहरी टोलीले जाँच गर्दा नेपाली नक्कली नोटसहित उनिहरुलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेका ५ जनाबाट १ लाख ७६ नेपाली नक्कली नोट बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए ।

प्रहरीको विशेष टोलीले बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको हो ।

मलंगवा नगरपालिका–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यसको साथै प्रहरीले उनीहरूको साथबमट चार थान मोबाइल पनि बरामद गरेको छ । पक्राउ परेका पाँच जना उपर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले बताएको छ ।