आज्ञा खबर
धनुषा
जनकपुरमा कलभर्टमुनि मंगलबार दिउँसो एक पुरुषको बेवारिसे शव फेला परेको छ ।जनकपुरधाम उपमहानगरपालिका–१८ भोइलस्थित हुलाकी राजमार्ग अन्तर्गतपर्ने सडकको कल्भर्टमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव कुहिएको अवस्थामा बेवारिसे फेला परेको हो ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । शब भेटिएको घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएका छन ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको रहेको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।