घुससहित जलेश्वरबाट खरिदार र लेखापढी व्यवसायी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी जलेश्वरका कर्मचारी र लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई ३५ हजार नगद घुससहित जलेश्वरबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । जग्गाधनी पुर्जाको विषयमा सेवाग्राहीसँग ३५ हजार माग गरेको सुचनाकोे अधारमा दुवै जनालाई पक्राउ गरिएको बताईएको छ।