कानुनविपरित सञ्चालित मधेशका अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मधेश प्रदेश भित्रका पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत किसिमले सञ्चालन भएको पाईएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

ठाकुरले दिएको जनकारी अनुसार मधेश प्रदेश अधिकांश अस्पतालहरू कानूनविपरीत सञ्चालनमा रहेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल कानुनविपरीत सञ्चालन भइरहेका थिए ।

निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।