आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका –३ गौरीडाँडा स्थित पानी खोल्सी रातमाटे सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा रुद्र बहादुर थापा चयन भएका छन् । शनिबार सम्पन्न समूहको तेश्रो साधारण सभाले थापा अध्यक्ष रहेको ९ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

थापा कार्यसमितिको उपाध्यक्षमा शकुन्तला अधिकारी पोखरेल,सचिवमा भिष्म बिष्ट,सह सचिबमा सर्बेन्द्र कार्की, कोषाध्यक्षमा डोमा शाही बिष्ट चयन भएका छन । त्यसैगरी समूहको सदस्यमा हर्क बहादुर भुजेल,कैलाश तामाङ्ग लगायतका छानिएका छन् ।
बर्दिवास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिराट कुमार बिष्टको प्रमुख आतिथ्यतामा समूहको अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा सवडिभिजन वन कार्यालयका प्रतिनिधि बिभिन्न समाजिक संघ संस्थाका प्रतिनिधि राजनितिक दल लगायत बन उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।





































