c
आज्ञा खबर
बदिीवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाले ७० प्रतिशत महिलालाई नगर कार्यालयमा पुरुसको तुलनामा रोजगार दिएकाले समेत नगरपालिका महिलामैत्री रहेको बताएका छन । ११५ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिवार नगरपालिका कार्यालयको महिला तथा बालवालिका शाखाले आयोजना गरेको महिला अधिकार सम्बन्धि खुल्ला लोकदोहरी गायन प्रतियोगिता लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन । उनले नगरभित्रका महिलाहरुलाई समाजमा अग्रसर बनाउन तथा क्षमता अभिबृद्धि गराउन बिकास निर्माणका योजनहरुमा समेत समाबेशी रुपमा अवसर दिईएको जनाए । क्षेत्रीले नगरपालिकाले दिएको अवसरलाई महिलाहरुले आफ्नो दायित्व सम्झेर ग्रहणगर्दै त्यसलाई अधिकारको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
गायन प्रतियोगितालाई सम्बोधनगर्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राममणी अधिकारीले नेपालको संबिधानलेनै महिलामाथी गरीने सबै किसिमको बिभेद अन्त्य गर्दै समानुपातिक,समाबेशी सहभागिता,सुरक्षित मातृत्व, प्रजनन सम्बन्धि अधिकार लगायतका अधिकारको ब्यवस्था गरेपनि उनिहरु अझैपानि सम्पुर्ण सामाजिक बिभेदबाट अछुत रहन नसकेको जनाए । बर्दिवास नगरपालिकाको आयोजना सेभ,द चिल्ड्रेन,सामुदायिक बिकास तथा पैरबी मञ्च नेपाल,यु,एसए,आईडी लगायत गैर सरकारी संस्थाहरुको सहकार्यमा सम्पन्न भएको खुल्ला महिला अधिकार लोक दोहरी प्रतियोगितामा बर्दिवास १ मा सञ्चालित संस्थागत बिद्यालय ग्लोबल एकेडेमी प्रथम भएको छ। त्यसैगरी बर्दिवास ३ का महिला समुह दाश्रो र बर्दिवास १ का महिला समुह तृतिय भएको बताईएको छ । प्रतियोगितामा बर्दिवास १० र ११ का छोड्के,झ्याउरे भाङ्गरेले सन्त्वना स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बिजय प्रथम हुनेलाई रु २० हजार दोश्रो हुनेलाई रु १५ हजार तृतिय हुनेलाई रु १० हजार र सन्त्वना स्थान हासिलगर्नेलाई रु २५ सय नगद पुरस्कार प्रदान गरीएको बर्दिवास नगरपालिकाका कर्मचारी बिनोद ढुंगेलले जानकारी दिए ।
सन १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
यसैगरी जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन आज सम्मपनि हरेक बर्ष बिश्वभरीनै श्रमिक महिला अधिकार दिवसको रुपमा मनाईदै आएको छ ।