सडक अधिक्रमण गरेर बनाएको घर नगरपालिकाले भत्कायो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १३ बिजलपुरा स्थित भेडियारी टोलमा सडक अधिक्रमण गरेर बनाईएको घर शनिवार बिहान बर्दिवास नगरपालिकाले भत्काएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको सार्बजनिक सडकको जमिन अधिक्रमण गरेर सातबर्ष अघि स्थानिय संतोष राउतले बिच सडकमै घर बनाएको बर्दिवास नगरपालिका वडा नम्बर १३ का अध्यक्ष लक्ष्मण सिंहले बताए ।
घर हटाउन नगरपालिकाले पटक पटक आग्रह गरेपनी नहटाई अटेर गरे पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको सिंहको भनाई छ ।

सो स्थान खाली गराउन नगरपालिकाले जारी गरेको सुचनालाई अटेर गरेको भन्दै नगरप्रहरी तथा नेपाल प्रहरी समेत परिचालन गरेर घर भत्काएको थियो ।जिल्ला महोत्तरी बिजलपुरा गा.बि.स.वडा नम्बर ३ को किक्ता नम्बर ३१८को ०–१–६ श्रेष्तामा रहेको बिच सडकको जग्गा स्थानीय संतोष राउतले आफ्नो भएको दावी गर्दै जिल्ला अदालत महोत्तरीमा २०७८–९–५ गते सोही वडा बस्ने गंगा प्रसाद राउत,श्याम प्रसाद राउत,शुरेश प्रसाद राउत,निशोहरीदेबी,लक्ष्मेश्वर राउतलाई बिपक्षी बनाई मुद्दा दायर गरेका थिए । उनले दायर गरेको मुद्दालाई न्यायधिश डाक्टर रमेश प्रसाद रिजालको आदेश अनुसार २०७८–१२–७ मा महोत्तरी जिल्ला अदालतले निशेधाज्ञा जारी गरेको थियो ।

 

जिल्ला अदालतबाट निशेधाज्ञा जारी गरीएपछी संतोषले बर्दिवास नगरकार्यपालिका, बर्दिवास नगरकार्यपालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,योजना शाखा प्रमुख,बर्दिवास नगरपालिका वडा नम्बर १३, को कार्यालय वडा नम्बर १३,
का वडा अध्यक्षलाई बिपक्षी बनाउँदै उच्च अदालत जनकपुरधाममा मुद्दा प्रमाणीकरण गराएका थिए । सोही मुद्दाको बिषयमा अच्च अदालतका न्यायधिश गिता प्रसाद तिमल्सिना र खेमराज भट्टको ५ नम्बर ईजलासको निर्णय नम्बर ५१२ बाट उत्प्रेषण परमादेश जारी गरीएको थियो । तर संतोषले उच्च अदालतको परमादेशलाई समेत बेवास्ता गर्दै आएका छन । उनले जग्गाको स्वामित्व रहेको सम्पुर्ण कागजात आफुसँग रहेको दावी गर्दै सर्बोच्च अदालतमा पुनराबेदन गरेको बताए ।