आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरभित्र रहेको सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन।
शनिवार क्षेत्रीले उनको निजि सचिवालय मार्फत प्रेस बक्तब्य जारी गर्दै सोकिय सचिब बिनोद ढुंगेल मार्फत बर्दिवास नगरपालिकाको राजनीतिक, आर्थिक,सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व अनुकरणीय रहँदै आएको बताएका छन । नेपालका सबै परिवर्तनमा महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । बर्दिवास नगरको जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको विकासका लागि समान सहभागिता अत्यन्त जरुरी छ ।
नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा नेपाल पर्न सफल भएको नगर प्रमुख क्षेत्रीको भनाई रहेको छ । झण्डै डेढ दशक अघिबाट शुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको क्षेत्री बताउ छन । विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारीको वृद्धि गर्नु अहिले तिनै तहको सरकारको दायित्व हो भन्ने मैले बुझेको छु ।
आजको यस अवसरमा महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने नगर सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दछु ।