आज्ञा खबर
सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बस्ती नजिकैको वनमा सल्किएको डढेलो दमकलको सहयतामा निभाइएको छ ।
घारिबथानस्थित नयाँटोल गाउँ नजिक फूलजोर बाबा साझेदारी वन क्षेत्रको पलौट क्षेत्रमा आज दिउँसो डढेलो सल्किएको थियो । सो डढेलो हरिवन नगरपालिकाबाट पुुगेको दमकलको सहयतामा नगर प्रहरी, प्रहरी चौकी कालिन्जोर घारिबथानका प्रहरी र स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिएका हुन् ।
पलौट क्षेत्रमा सुुकेका घाँसपात र झाडीमा दिउँसो हावाहुरीसँगै तीव्र रुपमा फैलिएको डढेलो तत्कालै नियन्त्रणमा लिएकाले कुनै प्रकारको क्षति हुन नपाएको स्थानीय राजकुमार खड्काले उज्यालो अभियानलाईृ जानकारी दिए ।
सुुक्खा मौसम सुरु भएसँगै सर्लाहीमा डढेलो लाग्नेक्रम सुरु भएको छ । डढेलोको कारण वन्यजन्तु सङ्कटमा पर्न थालेका छन् भने वन नजिकका बस्ती आगलागीको उच्च जोखिममा परेका छन् ।