विविधताले भरिएको बर्दिवासको समाजमा चाडपर्वहरू हाम्रा साझा सम्पति हुँन : नगर प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले माझी जातीले मनाउने लदी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पुर्ण नगरबासीलाई शुभकामना दिएका छन्।

फागुनको तेश्रो अर्थात साईली मंगलवारका दिन मनाइने यस पर्वको अवसरमा नगर प्रमुखद्वारा आज (मंगलवार) बिहान जारी गरिएको शुभकामना सन्देशमा लेखिएको छ,“माझी धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।“यो पर्वमा नदीमा गएर पूजा गरी शुभकामना आदान–प्रदान गर्दै मनाउने चलन छ।

नगर प्रमुखद्वारा जारी शुभकामना सन्देशमा लेखिएको छ, “विविधताले भरिएको बर्दिवासको समाजका यस्ता चाडपर्वहरू हाम्रा साझा सम्पति हुन्। यसले नगरवासीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनुका साथै एक–अर्काको संस्कृतिको सम्मान गर्दै आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्न सघाउ पुग्छ भन्ने मेरो मान्यता छ।“नगर प्रमुख क्षेत्रीले लदी पर्वले सबै नगरवासीहरूमा नयाँ उमंग सहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।