आज्ञा खबर
सर्लाही
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ । जिल्लको चक्रघट्टा गाउँपालिका–२, बेल्ही गाउँको भित्री सडक खन्डमा सोमबार बिहान ४ बजेतिर बीआर ३० पि १७०३ नम्वरको स्कारपियो आफै अनियन्त्रित भइ पल्टिँदा चालक सोही ठाउँका ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते भएका थिए । घाइते स्कारपियो चालक अधिकारीलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि आज दिउँसो तीन बजेतिर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंं पुुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टम पश्चात काठमांडौबाट चक्रघट्टा ल्याउने प्रयास भइरहेको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनापछि घर लगेर राखिएको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
