माझी समूदायको महान पर्व लदी पुजा मनाईदै : नगरपालिका भित्र सार्बजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
माझी समूदायको महान् पर्व लदी (जल) पूजा मंगलबार महोत्तरीको बर्दिवासमा भव्य रुपमा मनाइदै छ । माझी संस्कृतिलाई बचाई राख्न बर्दिवास ३ कारेभोगटे पुल नजिकै रातु नदीमा विशेष कुल पुजा गरेर लदी पूजा मनाउन लागिएको हो ।

लदी भनेको माझी भाषामा नदीको रूपमा अर्थ लगाउने गरेको माझी समुदायको अगुवाहरूको भनाइ छ । खोला तथा नदीको पानीबाट यो समुदायका मानिस सुरक्षित हुने कामना गर्दै लदी पूजा गरिने बर्दिवास ३ का माझी समुदायका जानकार टोप बहादुर माझीको भनाई रहेको छ ।
समुदायले फागुन महिनाको तेस्रो साताको (साइली) मंगलवारलाई आधार मानेर तीन दिनसम्म यो पर्व मनाउने गरेका छन् ।
यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको हो ।
माझी समुदायले लदी पूजाको दिनलाई उत्सवको रुपमा मनाउन थालेपछी बर्दिवास नगरपालिकाले मंगलवार नगरभित्र सार्बजनिक बिदा दिएकोे जनाएको छ । हाल नेपालका ५८ जिल्लामा छरिएर बसेका सिमन्तकृत तथा लोप उन्मुख जातीको रुपमा परीचित माझी जातीले आफ्नो नजिकको खोलामा पानीको पूजा गर्दै यो पर्व मनाउने गर्दछन् ।
पछिल्लो समय माझी जातिले मनाउने लदी पूजा लोप हुँदैगएको सो समुदायका प्रतिनिधिहरुको भनाइ छ । संस्कृति लोप हुनबाट बचाउन र युवा पुस्तालाई पुजामा लागाउन जरुरी रहेकोले समेत पर्व मनाउनुपर्ने माझी संस्कृतिका जानकारहरू जोड दिन्छन ।