मौलिक र सास्कृतिक उत्सवले बृहतरुपमा नगरवासी बिचको एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ : नगरप्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले यो ल्होसार मनाउन सुरू गरिएको हो ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाईने गरीन्छ ।
यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन्।
ग्याल्पो ल्होसार २०८१ को अवसरमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले उनको निजी सचिवालय मार्फत शुभकामना सन्देश दिएका छन् ।

उनले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट नगरवासीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता मौलिक र सास्कृतिक उत्सवले बृहतरुपमा नगरवासी बिचको एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ भन्ने मलाई विश्वास छ,’ नगरप्रमुख द्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यो पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, ९ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबै जना मिलीजुली खाने तथा एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेकोले उत्सवलाई भब्य र सभ्य रुपमा मनाउन सबैमा शुभकामना दिन चाहेको नगर प्रमुख क्षेत्रीले उल्लेख गरे ।