४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नगर प्रमुख क्षेत्रीले दिए शुभकामना

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
देशैभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको महोत्तरीको उतरी भेगमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत बिबिध कार्यक्रम हुँदैछन् ।

नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले जिल्ला स्तरीय कार्यक्रमको आयोजना गरेको बताईएको छ ।

मगर स्थापना दिवसको अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उनको प्रेस सचिवालय मार्फत शुभकामना व्यक्त गरेका छन्। उनले ‘हाम्रो सुन्दर पर्व मगर एकता दिवसको अवसरमा नगरभित्र र बाहिर रहनु भएका सम्पुर्ण दिदीबहिनी) तथा (दाजुभाइ)हरूमा हार्दिक झोर्ले भन्दै शुभकामना ब्यक्त गर्दछु ।

दिवसको अवसरमा मगरजातीका आफन्तजन एक ठाउँमा भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। ४३ औ मगर दिवसको अवसरमा बर्दिवास नगरपालिकाले आज सार्बजनिक बिदा दिएको जनाएको छ ।