बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने डिजिटल पत्रकारीता तालिम शुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगर पत्रकार सञ्जालको आयोजनामा बुधवार देखि डिजिटल पत्रकारिता तालिम शुरु भएको छ ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको ५ दिने तालिम यही फगुन १८ गतेसम्म सञ्चालन हुँने बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल प्रसाद बरालले जानकारी दिए ।
पत्रकारिता क्षेत्रमा डिजिटल मिडियाको बढ्दो माग तथा यस्को प्रभावलाई ध्यानमा राखी तालिम आयोजना गरिएको हो।
तालिममा डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण दिइनेछ । तालिमलाई बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले एक बिशेष समारोहका बिच पानसमा बती बालेर उद्घाटन गरेका हुँन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिवासको साझा सवाल र विकासको बारेमा पत्रकार एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।


उनले बर्दिवास नगरपालिकाभित्र खानेपानी, शिक्षा, स्वास्थ्य, सडक बिपद ब्यवस्थापन लगायतका थुप्रै सवाल छन्, तिनीहरूको उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

क्षेत्रीले पत्रकारहरुको क्षमता अभिवृद्धिमा नगरपालिकाको सधै साथ र सहयोग रहने समेत जनाए ।
डिजिटल मिडिया,पत्रकारिता तालिमका कारण पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हँुने उनको भनाई रहेको छ ।


क्रियाशील पत्रकारलाई डिजिटल प्रविधिबारे नयाँ विषयवस्तुको बारेमा जानकारी दिनको लागी प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी लाग्नुु पर्नेमा पनि क्षेत्रीले जोड् दिए ।
नेपाल प्रेस ईस्न्टीच्युटका दक्ष तथा अनुभबी प्रशिक्षकहरु द्वारा दिईने तालिममा २५ जना पत्रकारहरुको सहभागिता रहेको बताईएको छ ।