मगर एकता दिवस तथा माझी दिवसको अवसरमा बर्दिवास नगरपालिकाले दियो सार्वजनिक बिदा

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
मगर एकता दिवस तथा माझी दिवसको अवसरमा बर्दिवास नगरपालिकाले नगरस्तरीय सार्वजनिक बिदा दिने भएको छ । बर्दिवास नगर कार्यपालिकाको यहि फागुन १३ गते बसेको बैठकले फागुन १५ गते बिहीबार मगर एकता दिवसको उपलक्ष्यमा र फागुन २० गते मंगलवार माझी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बर्दिवास नगरपालिकाले जनाएको छ।


नगरपालिकाको अनुसार सो दिन बर्दिवास नगर भित्रका सम्पुर्ण शैक्षिक संस्था,स्वास्थ्य संस्था,वडा कार्यालयहरु तथा सार्वजनिक संघ संस्थाहरुलाई समेत नगर स्तरीय सार्वजनिक बिदा दिइएको बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री द्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...