महाशिवरात्रि पर्वका अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले महाशिवरात्रि पर्व २०८१ को अवसरमा सम्पुर्ण नगरबासीसहित सम्पूर्ण नेपाली नगरिकमा शुभकामना व्यक्त गरेका छन् ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि पुराणमा आजकै दिन वर्णित रहेको बताउँदै क्षेत्रीले उनको सचिवालय मार्फत जारी गरेको शुभकामना बक्तब्यमा यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने उल्लेख गरेका छन्।

‘व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको आजको यस महाशिवरात्रिको अवसरमा नगरबासीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । भगवान शिवको सम्बन्ध नेपाली पवित्र भूमिसँग गाँसिएको विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ– ‘शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पशुपती क्षेत्र नेपालमै रहनु र बर्दिवास नगरपालिकाभित्र भगवान शिबको उदगमक स्थलको रुपमा परिचित टुटेश्वरनाथ महादेब मन्दिर हाम्रा लागि गौरवको विषय हो ।’

बर्दिवास नगरभित्र हरेक समुदाय तथा जातजातिका आआफ्ना रितीरिवाज, चाडपर्व र संस्कृति भएपनि सबै जाति र धर्म मान्ने सम्प्रदायले विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु बर्दिवासबासीको मौलिक एवं विशिष्ट पहिचान भएको उनको भनाई छ ।