आज्ञा खबर
सर्लाही
स्रोत नखुलेको साँढे सात लाख रुपियाँसहित सर्लाहीबाट एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचगर्दा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पन्चायत बिसनपुर १५ बस्ने २२ वर्षीय चन्दनकुमार महतोलाई रकमसहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।
सर्लाहीको मलङ्गवा–सोनवर्षा नाका हुँदै बीआर ३० ए बी ९१८३ नम्वरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका महतोलाई खानतलासी गर्दा उनल ेलगाएको पाइन्टभित्र लुकाएर ल्याएको ७ लाख ५८ हजार ३१० रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।
भारतीय युवक महतोलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालय मलङ्गवाको जिम्मा लगाएको र उनकोसाथबाट बरामद भएको स्रोत खुल्न नसकेको रकम अवैध हुण्डी कारोवारको बिषयमा अनुसन्धान भईरहेको बताईएको छ ।