आज्ञा खबर
बर्दिवास
विद्यालयको पहिचान र बिद्यार्थीेको क्षमता झल्काउदै महोत्तरीको बर्दिवासमा लगाईएको बर्दिवास शैक्षिक महोत्सव २०८१ सोमवार सम्पन्न भएको छ । बर्दिवासमै पहिलो पटक बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा ‘सबैका लागि हामी’ नामगरेको गैरसरकारी संस्थाले आयोजना गरेको महोत्सवमा बर्दिवास नगरपालिका क्षेत्रका ३३ वटा बिद्यालयका विद्यार्थीले थरीथरीका कला प्रदर्शन गरेका छन । महोत्सवमा प्रदर्शन गरिएको सीपले यस भेगका विद्यार्थी अध्यनमा मात्र होइन अतिरिक्त क्रियाकलापमा समेत अब्बल छन् भन्ने प्रमाणित गरेको छ ।
बर्दिवास नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी ३४ वटा विद्यालय सहभागि रहेको महोत्सबलाई १५ हजारभन्दा बढी मानिसले अबलोकन गरेको आयोजक संस्थाको दाबी रहेको छ।
हेर्नुहोस यो भिडियो