[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित एकमात्र सरकारी नगर अस्पतालमा बिरामीलाई छिटोछरितो सेवा दिने उद्देश्यले बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालनमा ल्याईएको छ । बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले आईतवार बिहान आफ्नो स्वास्थ्य परीक्षण गराएर सेवाको सुभारम्भ गरेसंगै सेवा सुचारु भएको हो । ओपिडी सेवा सुरु गरिएसंगै अब बर्दिवास अस्पतालले बिहान ८ बजे देखी बेलुका ४ बजे सम्म ओ.पि.डि सेवा दिने भएको हो ।
यसैगरी प्रमुख क्षेत्रीको निर्देशनमा अस्पतालले बिहान ८ बजेदेखी बिहानको १० बजेसम्मको ओ.पि.डि चेकजाँचलाई फागुन महिनाभरी नि–शुल्क गरेको बर्दिवास अस्पतालले जनाएको छ।
सोवा सुभारम्भ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख क्षेत्रीले बर्दिवासको नगर अस्पताललाई गुणस्तरीय स्वास्थ्य प्रभाबकारीता क्षेत्रमा आम जनताको आशा र भरोसाको केन्द्र बनाउन चाहेको बताए । उनले अस्पताल भित्र थप सेवा प्रभाबकारी बनाउन अस्पतालका चिकित्सक र ब्यवस्थापन समितीसंग पटक,पटक छलफल गरीरहेको जनाए । प्रमुख क्षेत्रीले भने,अस्पतालभित्र के के कुराको कमी भईरहेको छ । के,के कुरामा ब्यवस्थापन गर्नसके यहाँको बिरामी बाहिर जानुपर्दैन र गुणस्तरीय बिसिमले स्वास्थ्य लाभ लिन सक्छन,तिनै आवश्यतालाई परिपुर्तीगर्न नगरपालिकाले बिशेश ध्यान दिदै ठोस योजनाकासाथ निष्कर्समा हामी पुगेका छौ । उनले बर्दिवास अस्पतालमा बिरामीको सुबिधालाई ध्यानमा राखेर आईसियु सेवा सञ्चालनगर्न चाहेको भन्दै त्यसकालागी नगरपालिकाबाट थप बजेट बिनियोजन गरीने प्रतिबद्धता जनाए । क्षेत्रीले बिहान ८ बजेदेखी सञ्चालन शुरु भएको ओपिडि सेवाले अस्पतालमा हाल देखिएको बिरामीको चाँपलाई घटाउने मात्रै नभएर समयको समेत सदुपयोग हुने बिश्वास ब्यक्त गरे । अहिले बर्दिवास अस्पतालमा ‘धेरै बिरामीहरू ओपिडीमा आउने हुँदा अस्पतालले पहिलो प्राथमिकता दिएर सेवाहरू दिँदै आइरहेको बर्दिवास अस्पताल ब्यवस्थापन समितीका सदस्य तथा प्रबक्ता जगत बहादुर खड्काले बताए । उनले भने, ‘ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको छ,यसो गर्दा बिरामीलाई रिपोर्ट कुर्ने झन्झट कम हुनेछ,यस्तै अन्यसमयमा सेवालिन फुर्सद नहुनेलाई समेत सहज बनेको छ ।
अस्पतालमा बिरामीको भिड तथा लाइन व्यवस्थापन गर्नपनि कर्मचारीलाई थप जिम्मेवारी दिइएको छ । अस्पतालमा पर्याप्त नभएका सेवाको बारेमा नगर प्रमुखलाई बताइसकेको समेत उनले जानकारी दिए ।
अस्पतालमा हाल ५० देखि ६० जना नागरिकले स्वास्थ्य बिमाबाट उपचार सेवा लिइरहेका छन् । अस्पतालका अनुसार बर्दिवास क्षेत्रमा स्वास्थ्य बिमा प्रभावकारी रहेको बताइएको छ । ३ हजार ५ सय रुपियाँमा स्वास्थ्य बिमा गरेका बिमितका परिवारका ५ जनाले १ लाख रुपियाँसम्मको उपचार गर्न पाउने प्रावधान रहेको छ ।
यसैगरी स्वास्थ्य बिमा गरेका बिरामीका लागि ९० प्रतिशत औषधी अस्पतालमै उपलब्ध हुनुका साथै २४ घण्टा ल्याब सञ्चालन भएको हुँदा बिमितका बिरामीले समेत अन्य बिरामी जस्तै राम्रो उपचार सेवा पाइरहेका छन् ।
अस्पतालमा बिमा कार्यक्रम लागू भएपछि बिमितहरुले औषधी राम्रो पाइरहेको सेवाग्राही सन्तोष कार्कीले जनाए। बर्दिवास नगरपालिकाले सञ्चालन गरेको मधेश प्रदेशकै उत्कृष्ट नगर अस्पताल बन्न सफल बर्दिवास अस्पतालमा हाल ओपिडीमा दैनिक १ सय ५० देखि २ सयसम्मको हाराहारीमा बिरामीलाई अस्पतालले सेवा दिँदैआएको छ । धेरैजसो बिरामी सुगर, प्रेसर, दम, हाडजोर्नीसम्बन्धि, ज्वरो, झाडापखाला,प्रसुती लगायतका बढी आउने गरेको अस्पतालले जनाएको छ ।
बिमाले तोकिएको अस्पतालभन्दा अन्य अस्पतालमा सेवा सहज रूपमा नदिँदा गम्भीर बिरामीको ज्यान खतरामा रहने अस्पतालमा आएका सेवाग्राही दिनेश थापाको भनाइ छ ।
यसैगरी बर्दिवास अस्पतालले २४ घण्टे सेवाहरू बिस्तार गरीे आकस्मिक सेवाका अतिरिक्त बिरामीका लागि फार्मेसी,एक्स–रे,प्रसुती एम्बुलेन्स सेवा,अन्तरङ सेवा, फार्मेसी तथा ओपिडी,सम्बन्धी चेकजाँच, दन्त प्रसुती सेवा, लगायतका सेवाहरु दिँदै आएको छ ।